रौतहटमा साइबर सुरक्षा र ए. आई सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १४, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा साइबर सुरक्षा र ए. आई सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन

रौतहट,१३ जेठ। आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा रौतहटको चन्द्रपुरमा साइबर सुरक्षा र ए आईं सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

चन्द्रपुरको आरोही होटलमा सोमवार विहान देखि सुरु भएको एक दिने साइबर सुरक्षा र ए.आई. सम्बन्धी कार्यक्रम चन्द्रपुर नगरपालिकाको नगरप्रमुख संजयकुमार काफ्लेको प्रमुख आतिथ्यमा सुरु भएको हो ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत प्रशन्नराज कर्णले साइबर सुरक्षा र ए आई को महत्व सम्बधन्धी प्रकाश पारे ।

कार्यक्रमको अध्यक्षता प्राधिकरणका अध्यक्ष जितेन्द्र खर्गा गरेको छ भने नेपाल पत्रकार महासंघका रौतहट शाखाका अध्यक्ष संजय कार्की, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिवपुरी, संघका उपाध्यक्ष विणा राउत, पूर्व अध्यक्ष प्रेमचन्द्र झा उदघाटन सत्रमा उपस्थित रहेको छ ।

साइबर सुरक्षा ए. आई. सम्बन्धी जिवन भण्डारी प्रकाश मैनाली सहित दुई जना प्रशिक्षकको रुपमा उपस्थित रहेको बताइएको छ । कार्यक्रमको संचालन शाखका सचिव गौतम श्रेष्ठले गरे । कार्यक्रममा ५० जना रौतहटका संचारकर्मीहरुको उपस्थिति रहेको आयोजक समितिले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस