१२ किलोभन्दा बढी चाँदीसहित एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १४, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
१२ किलोभन्दा बढी चाँदीसहित एकजना पक्राउ

काठमाडौं,१३ जेठ। १२ किलोभन्दा बढी अवैध चाँदीसहित बारा जिल्ला, कलैया उपमहानगरपालिका–४ निवासी ३२ वर्षीय अनिषकुमार सिंह पक्राउ परेका छन्।

सोमबार राति चन्द्रागिरि नगरपालिका–२, नागढुंगा स्थित प्रहरी चेकपोइन्टमा चेकजाँचका क्रममा सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००३ ख ३७०१ नम्बरको बसलाई प्रहरीले नियमित जाँचका क्रममा रोकेर तलासी गर्दा बसका सहचालक रहेका सिंहले बसभित्र लुकाएर राखेको १२ किलो १७६ ग्राम चाँदी फेला पारेका हुन्।

पक्राउ परेका चाँदीका वस्तुहरूमा सिक्री, चन्द्रमा, पाउजु लगायतका गरगहना परेका छन्, जसको स्रोत र प्रयोगबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाल सिंह प्रहरी नियन्त्रणमा रहेका छन् र घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस