३०० किलो गाँजा बरामद, कारोबारी भागे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
३०० किलो गाँजा बरामद, कारोबारी भागे

विराटनगर,१४ जेठ। बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको ।

बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए ।

घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।  भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस