वन अतिक्रमणविरुद्ध डिभिजन वन कार्यालयको कडा कारबाही

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
वन अतिक्रमणविरुद्ध डिभिजन वन कार्यालयको कडा कारबाही

वीरगञ्ज,१४ जेठ। रौतहटको डिभिजन वन कार्यालयले वन अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ ।

मङ्गलवार वृन्दावन नगरपालिका–१ भोटे टोलमा अवैध रूपमा कब्जा गरिएको वन क्षेत्र खाली गराइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहका अनुसार, वृन्दावन सब–डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोलीले कारबाही गरेको हो । 

टोलीले भोटे टोलका पाँच स्थानमा अतिक्रमण गरी खेती गरिएको करिब १ बिगाहा वन क्षेत्र खाली गराएको छ । अतिक्रमित क्षेत्रमा लगाइएको अदुवा, बेसार, केरा र तरकारी खेती पूर्ण रूपमा नष्ट गरिएको छ भने त्यहाँ बनाइएका टहराहरू पनि भत्काइएका छन् ।

प्रमुख साहले अतिक्रमणमा संलग्न व्यक्तिहरूमाथि वन ऐनअनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको बताए । उनले वन संरक्षणका लागि नियमित गस्ती र खाली वन क्षेत्रमा वृक्षारोपणको कार्यलाई पनि निरन्तरता दिइरहेको जानकारी दिए ।

अभियानले वन जोगाउन र अतिक्रमण रोक्न स्थानीय स्तरमा प्रभावकारी कदम चालिएको सन्देश प्रवाह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस