अफताब आलमको मुद्दामा आजै फैसला आउने सम्भावना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ६ पटक पढिएको
अफताब आलमको मुद्दामा आजै फैसला आउने सम्भावना

रौतहट,१४ जेठ। इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेलमा रहेका पूर्वमन्त्री आफताब आलमको मुद्दामा उच्च अदालत वीरगन्जमा सुनुवाइ सकिएको छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध उनले दिएको पुनरावेदन निवेदनमा न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले आजै फैसला आउने सम्भावना छ । 

सो मुद्दामा जिल्ला अदालतले एक वर्षअघि आलमसहित चारजनाविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालत रौतहटले  १३ वैशाख ०८१ मा आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध पनि जन्मकैदको फैसला गरेको छ । महताब आफताबका सहदोर भाइ हुन् भने सेराज र बद्री सहयोगी हुन् ।  उनीहरू सबैको मुद्दामा उच्चमा सुनुवाइ हुँदै छ ।    

२७ चैत ०६४ मा चुनावको पूर्वसन्ध्यामा आलमको रौतहटस्थित घरमा विस्फाेट भएको थियो । चुनावमा अरूलाई तर्साउन बम बनाउने क्रममा विस्फाेट हुँदा घाइते भएकालाई उनले इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धनमा खुलेको थियो । घटना लुकाउनका लागि उनले यस्तो बीभत्स अपराध गरेका थिए। 

ताजा अपडेट

खोजी गर्नुहोस