पूर्वसांसद मोहम्मद अफताव आलम रिहा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ४ पटक पढिएको
पूर्वसांसद मोहम्मद अफताव आलम रिहा


रौतहट । बुधबार, १४ जेठ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । नख्खु कारागारमा राखिएका उनी बुधबार रिहा भएका हुन् ।आज मात्रै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे थियाे ।

उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि उनी रिहा भएका नख्खु कारागारका जेलर भीमराज कोइरालाले बताए । उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस