महोत्तरी,१५ जेठ। महोत्तरीमा तस्करी गर्न लागिएको गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जलेश्वरको संयुक्त टोलीले दुई पोकामा रहेको २० किलो गाँजासहित बर्दीबास नगरपालिका– १३ निवासी ४६ वर्षीय शिवशंकर चौधरी र मनरा सिस्वा नगरपालिका– १० निवासी ४० वर्षीया अजमैरी खातुनलाई नियन्त्रणमा लिएको हो।
जलेश्वर नगरपालिका– ७, बखरीस्थित बर्दीबास–जलेश्वर सडकखण्डमा शिवशंकर चौधरीले चलाएर ल्याएको प्र.२–०२–००१ प ६६६२ नम्बरको मोटरसाइकलमा चामलको बोरा, सोभित्र कालो ब्याग र प्लास्टिकले बेरेर बर्दीबासतिरबाट ल्याउँदै गरेको गाँजा प्रहरीले फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले पक्राउ परेकाहरूसँग अदालतबाट म्याद लिई अनुसन्धान थालिएको बताए ।


