लागु औषधसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १७, शुक्रबार (९ महिना अघि)
  • ३ पटक पढिएको
लागु औषधसहित दुई जना पक्राउ

सर्लाही,१६ जेठ। बारामा ठुलो परिमाणको लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल छन् ।

प्रहरीका अनुसार भारतीय कार नम्बर बीआर–०१–बियु–३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा वरिष्ठ सई धनप्रसाद श्रेष्ठ कमान्डको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल २१ हजार ६ सय ट्याब्लेट र ७६ बोतल लागु औषध ओनरेक्स बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस