काठमाडौं,२० जेठ। भारतका पूर्वोत्तर राज्यमा बाढीको प्रकोप झन बढ्दैछ । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म बाढीमा परी ३४ जनाको मृत्यु भएको छ ।
सिक्किममा हजारौं पर्यटक बाढीमा फसेका छन् । मेघालयमा मानिसहरुलाई सुरक्षित निकाल्नका लागि सेनाको उद्धार दल सक्रिय छ । यस क्षेत्रमा ५ सय भन्दा बढी फसेको बताइएको छ ।
मणिपुर फायर सर्भिस, असम राइफल्स, एसडीआरएफ र एन्डीआरएफ बाढीमा फसेका मानिसहरुलाई बचाउन लागिपरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मणिपुरमा ५६ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । यहाँ १० हजारभन्दा बढी संरचना बाढीबाट ध्वस्त बनेका छन् ।


