काठमाडौँ,२० जेठ। काठमाडौँ–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ बुधबारदेखि ४ दिन पूर्ण रुपमा बन्द गरिने भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर मंगलबार जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ । सूचनमा सडक बन्द हुँदा हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।



