टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २१, मंगलबार (८ महिना अघि)
  • ३ पटक पढिएको
टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

सर्लाही,२० जेठ। सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

जिल्लाको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा आज दिउँसो १:१५ बजे लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलवासबाट उत्तरतर्फ हाईवे क्रस गर्दै गरेको BR 01 FJ 6961 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक अन्दाजी २५–३० वर्षका प्रज. मिनबहादुर दानी गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनी लालबन्दीस्थित मोडल अस्पतालमा उपचाररत छन्। घटनास्थलबाट फेला परेको परिचयपत्र अनुसार घाइते नेपाल सरकारको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हालसम्म उनको स्थायी ठेगाना भने खुल्न सकेको छैन। ठक्कर दिने टिपरका चालक जिल्लाको लालबन्दी नगरपालिका–१७, रानीगञ्जका नारायण दत्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी चौकी फुलजोरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। हाल सडक यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ। घटनास्थल फुलजोर प्रहरी चौकीबाट करिब १०० मिटर पश्चिमतर्फ पर्ने स्थानमा रहेको हो। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस