काठमाडौँ,२० जेठ। आइपिएल क्रिकेट खेलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, काठमाडौँको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा अछाम, कञ्चनपुर, कैलाली, दाङ, डोटी, पूर्व नवलपरासी, रुपन्देहीका नेपाली नागरिकहरू र केही भारतीय नागरिकहरू समेत रहेका छन्। उनीहरू डिजिटल माध्यम प्रयोग गरी सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।


