ईश्वरपुरमा भैसी गोठमा आगलागीहुँदा,२ लाखभन्दा बढीको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २१, मंगलबार (८ महिना अघि)
  • ३ पटक पढिएको
ईश्वरपुरमा भैसी गोठमा आगलागीहुँदा,२ लाखभन्दा बढीको क्षति

सर्लाही,२० जेठ। सर्लाहीको ईश्वरपुर नगरपालिका–५, चिरान टोलमा आज बिहान आगलागी हुँदा एक भैसी गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय नईम खाँ पठानको गोठमा बिहान करिब ४:३० बजे घुरबाट सल्किएको आगोले गोठमा रहेका सामग्री र पशुहरूमा ठुलो क्षति पुर्‍याएको हो।

प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेको पशुहरूलाई खुवाउने ब्रान, भाडा, भिस र टिकको काठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, गोठमा रहेको एक भैसी र एक पाडी जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब रु २,२४,००० बराबरको क्षति पुगेको जनाइएको छ।

स्थानीयवासीको सक्रियतामा आगो बिहान करिब ५:०० बजेतिर नियन्त्रणमा ल्याइएको थियो। उक्त स्थान प्रहरी चौकी फूलजोरबाट करिब ४ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ। आगलागीको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस