रौतहट,२१ जेठ। रौतहटको कटहरिया नगरपालिका–१, भसेरवामा एक नवविवाहित महिलाको शव घरमा मृत अवस्थामा फेला परेको छ । उक्त घटना मंगलाबार घटेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । परिवारका सदस्यहरूले मिलेर हत्या गरेको माईती पक्षले जनाएको छ ।
विजयपुर नगरपालिका–९, बडहरवा निवासी स्व. रामनारायण यादवकी छोरी आल्का यादवको हत्या भएको छ । घटना पछि श्रीमान् अन्दाजी २६ वर्षीय अंकेश यादव फरार रहेको छ भने ससुरा पुकार राय यादव प्रहरीको हिरासतमा रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई बिनोध राना मगरले जानकारी दिनु भयो ।
पीडित आल्का विवाहपछि कटहरिया–१, भसेरवामा श्रीमानको घरमा बस्दै आएकी थिइन्। मंगलनार बेलुकी करिब ७ बजेको समयमा उनीमाथि कुटपिट गरी गँड्तीले च्यापेर हत्या गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या पछि शवलाई पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलिएको छ।
प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। महिलामाथिको हिंसा र घरेलु मुद्दामा यो घटना एउटा जघन्य उदाहरण बनेको छ।


