रमेश कुमार यादब
जेष्ठ २१, रौतहट
बृन्दावन नगरपालिका–८ स्थित आकडपाथडामा निर्माणाधीन ५ लाख लिटर क्षमताको शुद्ध खानेपानी ओभरहेड ट्याङ्कीको दोस्रो चरणको फाउन्डेसन ढलान कार्य पश्चात् प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले स्थलगत अनुगमन तथा
निरीक्षण गर्नुभएको छ । नगर प्रमुख बिनोद प्रसाद कुर्मीको विशेष निर्देशनमा उक्त अनुगमन कार्य सम्पन्न गरिएको हो । अनुगमनको क्रममा अधिकृत भुजेलले शुद्ध खानेपानीलाई नागरिकको मौलिक अधिकारको रूपमा लिँदै यसप्रति नगरपालिका अत्यन्तै संवेदनशील रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर यो आयोजना अघि बढाइएको हो ।

नगर प्रमुख कुर्मिज्यूको नेतृत्वमा स्थानीय तहको समग्र खानेपानी पूर्वाधारमा सुधार ल्याउने उद्देश्यले यो कामलाई तीव्रता दिइएको छ ।”उहाँले प्राविधिक गुणस्तरप्रति पूर्ण सतर्कता अपनाइएको र दैनिकरूपमा अनुगमन गरेर निर्माण कार्यमा कुनै पनि कमजोरी हुन नदिन सुनिश्चित गरिरहेको जानकारी दिनुभयो । “यो ओभरहेड ट्याङ्की निर्माणपछि नगरवासीलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्नेछ । अहिले निर्माण कार्यको करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ,” भुजेलले जानकारी दिनुभयो ।

ट्याङ्की निर्माणका क्रममा प्रयोग भइरहेका सामग्रीहरू, छडको मापदण्ड, दूरी तथा समग्र संरचनाको गुणस्तरमा नगरपालिका गम्भीर रहेको भन्दै उहाँले निर्माण कार्य कुनै सम्झौताविना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।बृन्दावन नगरपालिका(८ र ९ को सीमा क्षेत्रमा निर्माणधीन ट्याङ्कीले दुई वटा गाउँसहित आसपासका बासिन्दालाई दीर्घकालीन रुपमा शुद्ध खानेपानी सेवा पु¥याउने विश्वास लिइएको छ । हाल सो क्षेत्रमा पानीको अभावले जनजीवन प्रभावित हुँदै आएको सन्दर्भमा यो आयोजना समाधानमुखी बन्ने अपेक्षा गरिएको छ ।
उक्त आयोजनाको निर्माण कार्य तिरुपति आकाश जेभी निर्माण कम्पनीलाई ठेक्का प्रक्रियामार्फत ४ करोड ७५ लाख ७७ हजार रुपैयाँमा दिइएको हो । कम्पनीले तोकिएको म्यादभित्र गुणस्तरीय कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाइसकेको छ।
अन्य पूर्वाधारहरूको पनि निरीक्षण उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत भुजेलले सोही स्थानमा निर्माणधीन वडाकार्यालय भवनको समेत निरीक्षण गर्नुभयो ।

उहाँका अनुसार वडाकार्यालयको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। “चाँडै नै भवन उद्घाटन गरी वडावासीलाई सहज सेवा प्रवाह गर्ने वातावरण बनाइनेछ,” भुजेलले भन्नुभयो ।त्यस्तै, सोही क्षेत्रमै निर्माणधीन छठ घाटको पनि निरीक्षण गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने छठ पर्वको दृष्टिकोणले घाट निर्माणले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

छठ पर्वको अवसरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छठघाटको निर्माण सम्पन भएपछि स्थानिय बासिन्दाले सुरक्षित र ब्यवस्थित तरिकाले पुजापाठ गर्न पाउने छन । बृन्दावन नगरपालिकाले आफ्नो भू–भागभित्र शुद्ध खानेपानीको पहुँच विस्तार गर्न विभिन्न आयोजना सञ्चालन गरिरहेको छ । नगर प्रमुख कुर्मीको नेतृत्वमा खानेपानी, सरसफाइ, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामाराख्दै योजनाबद्ध ढंगले विकास निर्माणका कामहरू अघि बढाइएका छन् ।

नगरवासीलाई गुणस्तरीय सेवा पु¥याउने उद्देश्यका साथ यस्तो अनुगमनलाईनिरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत भुजेलले प्रतिबद्धता जनाउनुभयो । उहाँको भनाइमा, “हामी हरेक काममा पारदर्शिता र जवाफदेहिताका साथ अघि बढिरहेका छौं । नागरिकको विश्वास जित्नका लागि यस्ता पूर्वाधार विकास कार्यक्रम अत्यन्तै आवश्यक छन् ।”


