महोत्तरीमा ब्राउन सुगरसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २३, बिहिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
महोत्तरीमा ब्राउन सुगरसहित एक जना पक्राउ

महोत्तरी,२२ जेठ। महोत्तरीको जलेश्वर नगरपालिका–२ का ३२ वर्षीय सिकेन्द्र साह ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जलेश्वरबाट बर्दिबासतर्फ गइरहेको लु २ च २१२४ नम्बरको कारलाई बर्दिबास–८ स्थित रामानन्द चोकमा रोकी चेकजाँच गर्दा कारभित्र चकलेटको बट्टामा लुकाइएको अवस्थामा ५० ग्राम ब्राउन सुगर फेला परेको थियो।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र कुमार भट्टका अनुसार बरामद लागूऔषध, कार र चालक साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले पछिल्ला दिनहरूमा लागूऔषध कारोबार नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई कडाई गरेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस