रूपेश यादव
रौतहट २२ जेठ
स्थानीय बाल संरक्षण सवालहरुको बिश्लेषन न्युनिकरण र सिफारिस संयत्र बारे सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बिहिवारका दिन जिल्ला प्रशासन कार्यालय रौतहट गौरको सभाहलमा जिल्ला प्रशासन कार्यालयमा आर.डी.सी. र वल्र्ड भिजन इन्टरनेशल नेपालको सहयोगमा सञ्चालन गरिएको कार्यक्रमको उद्घोष रुपमा जिल्ला समन्वय समितिबाट गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, नेत्रमनी गिरी , जिल्ला समन्वय अधिकार अमित कुमार यादव , आर.डी.सी. नेपालकी उपाध्यक्ष कुमारी ममता झा, माधव नारायण नगरपालिका को उप–मेयर निर्मला देवी रमन, बाल अधिकार समितिका सदस्य (ऋक्च्ऋ), बाल कल्याण अधिकारी तथा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
.कार्यक्रममा बाल संरक्षणसम्बन्धी उदीयमान चुनौतीहरू—बाल विवाह, लागू औषध दुव्र्यसन तथा मानसिक स्वास्थ्यका समस्या माथि विशेष चर्चा परिचर्चा गरियो।
यस्ता चुनौतीहरूको समाधानका लागि नीतिगत हस्तक्षेप, बजेट निर्माणमा प्राथमिकता, समस्या पहिचानका लागि क्षेत्रीय स्तरमा अनुसन्धान तथा त्यसका आधारमा कार्यान्वयन गर्ने आवश्यकता औंल्याइएको थियो। उक्त कार्यक्रममा च्मअ नेपाल कार्यक्रम प्रबन्धक संतोष पहरीले सन २०१९ देखि अहिले सम्म भएको क्रियाकलापहरूको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो।


