कृष्ण तिवारी
जेठ २३ राैतहट ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका ५ मा अवस्थित अधुरो कब्रीस्तान कम्पाउण्डवालको निर्माण कार्यको शिलान्यास गरिएको छ । फतुवा बिजयपुर नगरपालिका कार्यवाहक नगरप्रमुख अम्बेया खातुन शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।
कब्रीस्तानको संरचना निर्माणका लागि मधेश प्रदेशकाे प्रदेश स्तरीय याेजना मार्फत विनियोजन गरिएको युवा नेता शेख राजाबाबु खानले जानकारी दिएका हुन ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन मेयर खातुनले वडा नम्बर ५ का जनताको दीर्घकालीन माग तथा आवश्यकतालाई ध्यानमा राख्दै कब्रीस्तानको संरचना निर्माण कार्य थालिएको जानकारी दिए । समुदायको धार्मिक तथा सामाजिक आवश्यकता अनुसार कब्रीस्तानलाई व्यवस्थित र सुरक्षित बनाउन कम्पाउण्डवालको निर्माण अत्यावश्यक छ,’ उनले भने ।
स्थानीय बासिन्दाहरूले कब्रीस्तान कम्पाउण्डवालको निर्माण कार्य सुरू भएकोमा खुसी व्यक्त गरेका हुन।
उनीहरूले अब कब्रीस्तान सुरक्षित रहने र व्यवस्थित रुपमा प्रयोग गर्न सकिने आशा व्यक्त गरेका छन् ।
शिलान्यास कार्यक्रममा बिधायक प्रत्यासी समाजसेवी माेहमद शेराज , नेपाली काँग्रेसका नेता एवं भावी मेयर उमेदवार ज्ञानेन्द्र यादव , गाउँका भद्रभलाद्मी , लगाएत पत्रकारहरुकाे सहभागीता रहेका थियोे ।


