कृष्ण तिवारी
रौतहट,२४ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा जिल्ला समन्वय समितिमा कार्यरत एक कर्मचारीले सरकारी कागजात किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गर्ने खोजेको रहस्य खुलेको छ ।
जिल्ला समन्वय समिति गौर रौतहटमा कार्यरत अधिकृत छैठौंतहका वकिल पालले नक्कली पत्र र नगरप्रमुखको हस्ताक्षर किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गर्ने खोजेको रहस्य खुलेको हो । फतुवा बिजयपुर नगरपालिकाको प.स. २०८१/०८२ च.नं. २७०० मिति २०८२/०२/१९ गतेको पत्रमा फतुवा बिजयपुर न.पा.कार्यालयमा कार्यरत नि.प्र.प्र. अधिकृत श्री भरत प्रसाद यादव विना संकेत नं.को तथा स्थानीय तहको कर्मचारी रहेको र उनलाई प्रशासनिक तथा आर्थिक ज्ञान क्षमताको अभाव भई कार्य सेवा प्रवाह अति प्रभावित भएको व्यहोरा जनाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँमा सरुवाको पत्र पठाईएको र उक्त सरुवा पत्रमा मेरो कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अनुमती तथा जानकारी विना जाली किर्ते सही छाप गरी गराई न.पा.को प्रशासनिक तथा आर्थिक काम काज गर्न गराउन भनि जिल्ला समन्वय समिति गौरमा कार्यरत वकिल पालको नाममा सिफारिस पत्र तयार पारी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रचार गरेको तर यश फतुवा बिजयपुर पालिकामा हाल कार्यरत नि.प्र.प्र. अधिकृत श्री भरत प्रसाद यादवले कार्यालयको सम्पूर्ण प्रशासनिक तथा आर्थिक कार्य सन्तोष जनक रुपमा संचालन भै रहेको तथा विकास निर्माणका कार्यहरु पनि चुस्त-दुरुस्त रुपमा संचालन गर्दै आईरहनु भएको हुँदा हुदै कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको किर्ते हस्ताक्षर गरी तयार पारी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईएको पत्रको कुनै सत्यता समेत नरहेको भन्दै जिल्ला समन्वय समिति रौतहट गौरमा कार्यरत रा.प.तृतीय श्रेणी(संघ)को शाखा अधिकृत कर्मचारी प्रशासन सेवाका वकिल प्रसाद पाल (क.सं.नं. १८३४०९) ले किर्ते हस्ताक्षर गरी तयार पारी पठाईएको पत्रको कुनै सत्यता समेत नभई किर्ते सिफारिस रहेकोले सो पत्र तयार गर्ने गराउने र यसमा संलग्न जो सुकैलाई सुक्षम अनुसन्धान गरी कानुनी कार्यवाही गर्नु हुन सम्बन्धित सबै निकायमा जानकारी गराइएको कार्यवाहक नगरप्रमुख अम्बेया खातुन द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।


