धरानमा ९ जना ब्राउन सुगरसहित पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २५, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

धरान,२४ जेठ। सुनसरीको कोशी गाउँपालिका – १ लौकहीबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। 

भारतको बिरपुर बजारबाट लागु औषध ब्राउन सुगर खरिद गरि नेपालतर्फ शंकास्पदरुपमा पैदल तथा स्कुटरमा आउँदै गरेको अवस्थामा उनीहरूलाई चेकजाँच तथा खानतलासी गर्दा ब्राउन सुगर बरामद गरिएको एसपी तिम्सिनाले बताए। पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका- ५ का अजय चौधरी रहेका छन्।

उनको साथबाट लागू औषध ब्राउन सुगर २.४७ ग्राम बरामद गरिएको छ। ‍कोशी गाउँपालिका-१ का हिमाल कुमार मण्डल र करण कुमार मण्डलको साथबाट लागुऔषध ब्राउन सुगर ३.२४ ग्राम बरामद गरिएको छ। ‍कोशी गाउँपालिका-२ का दयानन्द कुमार यादवको साथबाट लागू औषध ब्राउन सुगर १.४० ग्राम  बरामद गरिएको एसपी तिम्सिनाले बताए। 

त्यस्तै ‍पक्राउ परेका धरान उपमहानगरपालिका-१७  बस्ने विवेक विश्वकर्माको साथबाट लागू औषध ब्राउन सुगर २.१५ ग्राम बरामद गरिएको छ। स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका धरान-१७ बस्ने संगम राई र स्कुटर पछाडी बस्ने धरान-१९ बस्ने सिमसन राईको साथबाट लागुऔषध ब्राउन सुगर २.२३ ग्राम बरामद गरिएको छ।

स्कुटरमै सवार रहेका बराह्रक्षेत्र नगरपालिका-७ बस्ने कौशल कालिकोटेको साथबाट लागू औषध ब्राउन सुगर ६.५३ ग्राम र सोही स्कुटी पछाडि वार याकुव राईको साथबाट लागु औषध ब्राउन सुगर ४.७९ ग्राम बरामद गरिएको एसपी तिम्सिनाले बताएका छ्न।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए। 

ताजा अपडेट

खोजी गर्नुहोस