
दोलखा,२४ जेठ। दोलखाको गौरीशङ्कर गाँउपालिका-४ झ्याकुको बासामाबोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दोलखाको सिंगटीबाट झ्याकु देपुङ जाँदैगरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप शुक्रबार बेलुका दुर्घटनामा परी गौरीशङ्कर गाँउपालिका- ४ झ्याकु देपुङका ४५ वर्षीय फुलमाया शेर्पा र ३४ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको प्रहरी कार्यालय दोलखाले जनाएको छ।
उकालो कच्ची सडकमा ब्रेक नलाग्दा बोलेरो दुर्घटना भएको प्रहरीको जनाएको छ। बोलेरो चालक देपुङका स्थानीय निमाटिकु शेर्पा फरार रहेको र उनको खोजी भइरहेको छ।
