रौतहट, २५ जेठ । रौतहटको कटहरिया नगरपालिका–५ कटहरिया बजारमा रहेको जनता माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन भएको छ ।
नगरपालिकाको शिक्षा ऐन २०७६को परिच्छेद ५को दफा २४को उपदफा २(१)को अनुसार अस्थायी बिधालय ब्यवस्थापन समिति चयन गरेको हो । व्यवस्थापन समितिको अध्यक्षमा सानू कुमार यादव सदस्यमा ललित कुमार सोनी ,लाजमती दास ,मिना देवी यादव चयन भएका छन् ।
अब चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक जना सदस्य मनोनित हुने छन् । त्यस्तै वडाका प्रतिनिधि सदस्य, विद्यालयका एक जना शिक्षक सदस्य र प्रधानाध्यापक सदस्य सचिवसहित ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति हुने छ ।
विद्यालयमा पहिलाको व्यवस्थापन समिति सक्रिय नहुँदा शिक्षक भर्नासहितका काम प्रभावित भएका थिए ।
कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल सहित अन्य जनप्रतिनिधि, वडामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, अभिभावक, गाउँका अगुवा, विद्यालयका शिक्षकलगायतको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष लगाएत सदस्यले पदभार ग्रहण गरेका छन ।


