धनगढी,२५ जेठ। धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेको सिंहले बताए ।
उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन् ।
उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।


