फतुवा बिजयपुर शिक्षा शाखा प्रमुख यादवले सम्हाले जिम्मेवारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २७, सोमबार (८ महिना अघि)
  • १७ पटक पढिएको
फतुवा बिजयपुर शिक्षा शाखा प्रमुख यादवले सम्हाले जिम्मेवारी

कृष्ण तिवारी 

रौतहट,२६ जेठ। रौतहट फतुवा बिजयपुर   नगरपालिका शिक्षा शाखा प्रमुखको जिम्मेवारी सुबोध यादवले सम्हालेका छन् । शिक्षा संयोजकको रूपमा यादवले सोमवार शिक्षा शाखामा हाजिर भइ कार्यभार सम्हालेका हुन् । यादवलाई फतुवा बिजयपुरको शिक्षकहरुले  भव्य स्वागत गरेका थिए । 

नगरपालिका कार्यालयको शिक्षा शाखामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी पाएका यादवलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुन शिक्षक र कर्मचारीहरुले टिका, माला र दोसल्ला ओढाएर भव्य स्वागत गरेका थिए । 

स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख खातुनले  शिक्षा संयोजक सुबोध यादवलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यसअघि पनि सुबोध यादवले ३ वर्ष शिक्षा सह संयोजक भएर कार्यभार सम्हालेका छन ।

शिक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै सुबोध यादवले आफू सबै शिक्षक कर्मचारी अन्य सबै पक्षलाई समेटेर मन जित्नेगरी नगरको हितमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस