नरवीर नेपालीका हत्या गरेको आरोपी १४ वर्षपछि पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २८, मंगलबार (८ महिना अघि)
  • ४ पटक पढिएको
नरवीर नेपालीका हत्या गरेको आरोपी १४ वर्षपछि पक्राउ

पाल्पा,२७ जेठ। पाल्पामा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक चिदिपानी गाविस-७ (हाल माथागढी गाउँपालिका–१) दमर निवासी ५७ वर्षीय सन्तबहादुर सार्कीलाई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

सार्कीले २०६८ साल कात्तिक ११ गते राति सोही स्थानका १८ वर्षीय नरवीर नेपालीको हत्या गरेको आरोप छ । घटनापछि भारतमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो । प्रहरीका अनुसार उनी यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ परेका हुन् ।

भियुक्त सार्कीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लले जानकारी दिए । फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९ अनुसार ६ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस