भारत लैजाँदै गरेका लाखौँका कृत्रिम यौन खेलौनासहित भारतीय गाडी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
भारत लैजाँदै गरेका लाखौँका कृत्रिम यौन खेलौनासहित भारतीय गाडी नियन्त्रणमा

भैरहवा,२८ जेठ। अवैध रुपमा भैरहवा नाका हुँदै नेपालबाट भारततर्फ लैजान लागिएको करिब २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृतिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । 

युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृतिम यौन खेलौना रुपन्देही प्रहरीले भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्ड अर्न्तगत बाइपासबाट नियन्त्रणमा लिएको हो ।

उक्त कृतिम खेलौना र गाडीसहित प्रहरीले गाडी चालक र सहयोगी भारतको उतर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ वर्षीय नसिब अहमद रदेश र भारत उतर प्रदेश कन्नौउ जिल्ला पुर्वा गाउ मंगत खडा थाना निवासी २६ वर्षीय देबेन्दर कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले प्रहरीले बिना बिलबिजकको ति सामान अवैध रुपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।

उनका अनुसार, पक्राउ गरिउको कृतिम यौन खेलौनाको मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । थप अनुशन्धानका लागि पक्राउ गरिएका सबै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुशन्धान कार्यालय बुटवलमा पठाइएको डिएसपी सापकोटाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस