कञ्चनपुरको बेलौरी नाकामा असईमाथी हातपात गरेको आरोपमा तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
कञ्चनपुरको बेलौरी नाकामा असईमाथी हातपात गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं,२८ जेठ। कञ्चनपुरको बेलौरी नाकामा प्रहरीको असईलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।बेलौरी नाकास्थित कलकत्ता बजारमा भारतबाट ल्याएको मल बरामद गरेको निहुँमा स्थानियले असई बीर बहादुर चन्दमाथी हातपात गरेका हुन् ।

जेठ २१ मा भएको सो आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिएको कञ्चनपुरका एसपी खड्ग बहादुर खत्रीले बताए । पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ घर भएका ३२ वर्षीय राहुल राना, ६२ वर्षीय दुम्ली चौधरी र कालिराम चौधरी छन् ।  

भारतबाट कलिराम चौधरीले ल्याएको युरिया मल बरामद गरेपछि विवाद हुँदा प्रहरीमाथी स्थानिय आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । 

जवान विष्णु उपाध्यायले मल बरामद गरेर चौकीतर्फ लगेपछि कलकत्ता बजारमा स्थानियले असईमाथि हातपात गरेका हुन् ।आरोपीहरु विरुद्ध राष्ट्रसेवक प्रति अभद्र व्यवहार गरेको कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी खत्रीले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस