रमेश कुमार यादब
जेष्ठ २८, रौतहट
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा सात दिनसम्म सञ्चालित “सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२“ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको समापन एक विशेष समारोहका साथ चन्द्रनिगाहपुरमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) लोकेन्द्र अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राई रहनुभएको थियो ।
समापन समारोहमा विभिन्न विशिष्ट अतिथि, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।सप्ताहको अवधिमा सडक सुरक्षा र अनुशासन प्रवर्धन गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए । तीमध्ये मुख्य कार्यक्रमहरू निम्नानुसार रहेका छन ः
सडक सुरक्षा सम्बन्धी जनचेतना ¥याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, पर्चा, पोस्टर तथा स्टिकर वितरण, मोटरसाइकल चालकलाई हेल्मेट वितरण तथा सल्लाह, सवारी साधन चेकजाँच तथा भाडादर निगरानी, सडक नाटक तथा जनचेतना प्रस्तुति , विद्यालयमा ट्राफिक सम्बन्धी विशेष कक्षा सञ्चालन , रक्तदान कार्यक्रम तथा स्वास्थ्य परीक्षण, पैदल यात्रुलाई बाटो काट्ने तरिका सिकाउने, सवारी आरक्षण÷भाडादर निगरानी कार्यक्रम प्रमुख रहेको थियो ।
ट्राफिक सप्ताहको क्रममा निम्न संख्याका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका जिल्ला ट्राफिक प्रमुख ईन्सपेक्टर अधिकारीले जानकारी दिनुभयो । हेल्मेट लगाउने सन्दर्भमा सुझाव÷सल्लाहः १,५२० जना, पर्चा–पम्पलेट वितरणः ४,४०० जना, स्टिकर टाँसः २,४५० जना, ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रियाः ६०० जना, सडक नाटक हेरेर लाभान्वितः ७०० जना, विद्यालयमा कक्षा सञ्चालनबाट लाभान्वित विद्यार्थीः १,३३० जना, स्वास्थ्य परीक्षणः ६० जना, सवारी साधन चेकजाँच (क्षमता, आरक्षण सिट, भाडादर)ः ४०० जना, रक्तदा
नः १४ जना, बाटो काट्न सिकाइएका पैदलयात्रीः ४०० जना गरि जम्मा लाभान्वित नागरिकः १९,८७४ जना रहेको बताउनु भयो ।
उक्त कार्यक्रमको समापनमा प्रमुख अतिथि डीएसपी राजकुमार राईले सम्पूर्ण सहभागी, सहयोगी संस्था, सञ्चारकर्मी, कलाकार, शिक्षक, विद्यार्थी तथा स्थानिय जनसमुदायलाई धन्यवाद दिँदै भन्नुभयो, “जसरी यो सात दिन सबैको सहकार्यमा सफल कार्यक्रम सम्पन्न भयो, त्यसरी नै आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई निरन्तर साथ दिई सडक दुर्घटनालाई न्युनिकरण गर्न सबैलाई आग्रह गर्दछु ।“
कार्यक्रममा सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति र समाचार प्रसारणले कार्यक्रमलाई जनस्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको प्रमुख आयोजकले बताएका थिए । उपस्थित अतिथिहरूले पनि ट्राफिक प्रहरीको जनचेतनामूलक प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई अझ नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।
’सुरक्षित यात्रा, सबैको अधिकार’ कार्यक्रमले “सुरक्षित यात्रा सबैको अधिकार हो” भन्ने मूल नारालाई अगाडि सार्दै, सबै नागरिकलाई सडक अनुशासनको पालना गर्न आग्रह गरिएको थियो । सप्ताहको समापनसँगै ट्राफिक प्रहरी कार्यालय रौतहटले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापकता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


