कटहरिया खानेपानी विवादमा एआईद्वारा निर्मित अडियो प्रकरणः नगर प्रमुख अजय प्रकाश द्वारा खण्डन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३०, बिहिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
कटहरिया खानेपानी विवादमा एआईद्वारा निर्मित अडियो प्रकरणः नगर प्रमुख अजय प्रकाश द्वारा खण्डन

वर्तमानकाल सम्वाददाता
जेष्ठ २९, रौतहट

हालै सामाजिक सञ्जाल फेसबुकमा कटहरिया नगरपालिकासँग सम्बन्धित खानेपानी समस्यालाई लिएर भएको एक अडियो संवाद सार्वजनिक भएपछि त्यसले कटहरिया नगरमा ठूलै चर्चा पाएको छ । सार्वजनिक अडियोमा नगर प्रमुख अजय प्रकाश जैसवाल र स्थानीय संचारकर्मी रविन्द्र प्रजापति बीच गालीगलौज भएको सुनिन्छ । तर, उक्त अडियोलाई पूर्णरूपमा अस्वीकार गर्दै नगर प्रमुख जैसवालले यसलाई कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) प्रयोग गरी बनाइएको नक्कली अडियो भएको दाबी गरेका छन् ।
नगर प्रमुख जैसवाल पत्रकारसंग कुराकानी गर्दै भने, “मैले कुनै प्रकारको अभद्र भाषा प्रयोग गरेको छैन । त्यो अडियो मेरो स्वर जस्तो भए पनि त्यो मेरो नभई प्रविधिको दुरुपयोग गरेर बनाइएको हो। म जनताका लागि काम गर्न चाहन्छु, न कि विवाद सिर्जना गर्न।”

कटहरिया नगरपालिकामा पछिल्लो केही हप्तादेखि खानेपानीको आपूर्ति अबरुद्ध छ । स्थानिय जनताले यसबारेमा गुनासो गर्दै आएका छन् । सोही समस्यालाई लिएर पत्रकार प्रजापतिले आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै नगर प्रमुखको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । उनले लेखेका थिए कि “नगर प्रमुखको लापरवाहीका कारण कटहरिया नगरवासी शुद्ध खानेपानीबाट वञ्चित भएका छन् ।”

यस स्टेटसलाई लिएर नगर प्रमुख अजय प्रकाश जैसवालले पत्रकार प्रजापतिलाई सम्पर्क गरेका थिए । प्रमुख जैसवालका अनुसार, उनले पत्रकारलाई कुनै समाचार लेख्दा पूर्णरूपमा बुझेर लेख्न अनुरोध गरेका थिए, तर सोही कुरालाई तोडमोड गरी उनको आवाजमा गालीगलौज गरिएको अडियो बनाएर भाइरल गरिएको हो ।

एआईद्वारा चरित्र हत्या गरिएको आरोप
नगर प्रमुख जैसवालले उक्त अडियोमा देखिएको संवाद आफूले बोलेको नभई AI प्रविधिको प्रयोग गरेर आवाज नक्कल गरिएको बताए । उनले थपे, “यो मेरो गरिमामय पदप्रति आक्रमण हो । मेरो सामाजिक छविमा आँच पुर्याउने नियतले यस्तो षड्यन्त्र गरिएको छ ।”

उक्त घटनाले सामाजिक सञ्जालमा समेत दुई धारको बहस सिर्जना गरेको छ । केहीले पत्रकारिताको स्वतन्त्रतामा हस्तक्षेप भएको बताएका छन् भने केहीले प्रविधिको गलत प्रयोगले व्यक्तिको चरित्र हत्या गर्न मिल्दैन भन्ने तर्क राखेका छन् ।

नगर प्रमुख जैसवाल अनुसार “हामीले खानेपानी समस्याको समाधानका लागि बोर्ड बैठक गरिसकेका छौं । केही प्राविधिक समस्याका कारण आपूर्ति प्रभावित भएको हो । चाँडै नै समाधान गरिनेछ ।” साथै उनले पत्रकारहरुलाई पनि आग्रह गरे कि सार्वजनिक संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नु अघि सत्य तथ्य बुझ्न र पुष्टि गर्न आवश्यक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस