सुनको सिक्री चोरी गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३२, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
सुनको सिक्री चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ,३१ जेठ। उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । शनिबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारमा सोही स्थानमा बस्ने दुई महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा पर्साका १९ वर्षीय सचिन राजपूत पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सचिन महिलाले लगाएका १० र १२ आनाका दुई वटा सिक्री थुतेर भागेका थिए ।  प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । राजपूत पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २० का स्थायी बासिन्दा हुन् । 

उनलाई इलाका प्रहरी कार्यालय बेल्टारमा  राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।    

ताजा अपडेट

खोजी गर्नुहोस