नागढुंगामा माइक्रो दुर्घटना हुँदा १९ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३२, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
नागढुंगामा माइक्रो दुर्घटना हुँदा १९ जना घाइते

काठमाडौँ,३१ जेठ। नागढुंगा चेकप्वाइन्ट नजिकै पिप्लामोडमा हाइस माइक्रो दुर्घटना भएको छ । चितवन जाँदै गरेको बा.३ ख ८६२९ नम्बरको माइक्रो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । 

प्रहरीले दुर्घटनास्थलबाट १९ जना यात्रुको उद्धार गरेको छ । माइक्रो सडकबाट करिब १३० फिट तल खसको छ । प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरी नेतृत्वको टिमले घाइतेहरूलाई उद्धार गरेको हो । घाइतेहरूलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस