
काठमाडौं,०२ असार। भारतको उत्तर प्रदेशको अमरोहामा रहेको पटाका कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ। मृतक सबै महिला छन्।विस्फोटमा ६ जना महिला पनि घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
कारखानामा विस्फोट हुनुको कारण पत्ता लाग्न सकेको छैन। प्रहरीले विस्फोटको कारणको अनुसन्धान गरिरहेको बताएको छ।अमरोहका एसपी अमित कुमार आनन्दले भने, ‘चार महिलाको मृत्यु भएको छ। उनीहरूको शव पोस्टमार्टमको लागि पठाइएको छ। ६ महिला घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।’
