रुसी आक्रमणमा परी १४ युक्रेनी नागरिकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ३, मंगलबार (८ महिना अघि)
  • ४ पटक पढिएको
रुसी आक्रमणमा परी १४ युक्रेनी नागरिकको मृत्यु

काठमाडौँ,०३ असार। मंगलबार बिहान रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा परी १४ युक्रेनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोयर्टसका अनुसार रुसले युक्रेनी राजधानी किएभ र छेउछाउका २७ स्थानमा आक्रमण गरेको थियो ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले आक्रमणबाट आवासीय भवनहरु, शिक्षण संस्था जस्ता भौतिक पूर्वाधारमा क्षति पुगेको बताएका छन् । १० दिनअघि पनि रुसले युक्रेनका विभिन्न सहरमा हवाई आक्रमण गरेको थियो । जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने २० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका थिए ।

झण्डै ती वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच ‘फेस टु फेस’ वार्तामा बसे पनि एकअर्का विरुद्ध आक्रमणमा कुनै कमी आएको छैन । टर्कीएको राजधानी इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरू दुई पटक वार्तामा बसिसकेका छन् । तर दुवै वार्ताबाट युद्ध रोक्ने विषयमा उल्लेख्य प्रगति भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस