काठमाडौं,०८ असार। भद्रपुरबाट लागूऔषध ब्राउन सुगरसहित काठमाडौं र लमजुङका दुई जना पक्राउ परेका छन् । भद्रपुर–५ स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको कार जाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र लमजुङ कालासोतार गाउँपालिका–७ की २२ वर्षीया नोजिना राना मगर रहेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट ४७ दशमलव ६९० ग्राम ब्राउन सुगर फेला परेको थियो ।
उक्त परिमाणको लागूऔषध पक्राउ परेका कुँवरले चालक बस्ने सिटमा लुकाइछिपाइ ल्याउँदै गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
‘उनीहरुलाई यसअघि पनि सीमावर्ती क्षेत्रमा देखिएको थियो । प्रहरी नजरमा उनीहरु शंकास्पद रुपमा थिए । यसपटक त गाडी नै लिएर आएका रहेछन् । शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर भेटिएपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने ।
पछिल्लो समय पूर्वी सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसारपसार यसरी बढिरहेको छ कि प्रहरीले दिनहुँजसो नै कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरिरहेको छ


