सुर्खेतका लेखा अधिकृतसमेत तीन जना विरुद्ध मुद्दा दायर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ९, सोमबार (१ साल अघि)
  • १०७ पटक पढिएको
सुर्खेतका लेखा अधिकृतसमेत तीन जना विरुद्ध मुद्दा दायर

काठमाडौं,०९ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाही विरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ ।

यसैगरी अस्पतालमा रहेको कुमारी बैङ्कका एक्सटेन्सन काउन्टरको तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस