कोरोना संक्रमबाट महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (८ महिना अघि)
  • ३ पटक पढिएको
कोरोना संक्रमबाट महिलाको मृत्यु

वीरगञ्ज,१० असार। विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । मङ्गलवार बिहान अस्पतालमा भर्ना भएकी इलामको सूर्योदय नगरपालिकाकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

नोबेल अस्पतालका प्रबन्धक दीपेश राईले अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा महिलाको आज बिहान मृत्यु भएको जानकारी दिए ।

सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने भएपछि परीक्षणका क्रममा ती महिलामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि थप उपचारका लागि नोबेल अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा आज मृत्यु भएको हो । कोरोना सङ्क्रमित महिलाको शवलाई प्रहरीको जिम्मा लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस