जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (८ महिना अघि)
  • ३ पटक पढिएको
जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

धनकुटा,१० असार। एक ५० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका–८ का ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन्।

असार ८ गते राति ११ बजेतिर पीडित महिलाको घरमा खुकुरीसहित पुगेका राईले महिलालाई डरत्रास देखाई मुख थुनी जबर्जस्ती करणी गरेको पीडितले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ।

पीडित महिलाले असार ९ गते जिल्ला प्रहरी कार्यालय धनकुटामा दिएको उजुरीको आधारमा राईलाई सोही दिन बेलुकी धनकुटा नगरपालिका–७ बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताए।

राईविरुद्ध आजै जबर्जस्ती करणीअन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस