ललितपुरमा जुवातास खेलेको आरोपमा ४ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
  • ४ पटक पढिएको
ललितपुरमा जुवातास खेलेको आरोपमा ४ जना पक्राउ

काठमाडौं,११ असार। जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।

बाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस