नक्कली परीक्षार्थी जनप्रशासन क्याम्पसबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
नक्कली परीक्षार्थी जनप्रशासन क्याम्पसबाट पक्राउ

काठमाडौं,११ असार। जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्ने व्यक्ति जुम्लाको चन्दननाथ नगरपालिका–८ निवासी २६ वर्षीय केशव रोकाया हुन्। उनी हाल काठमाडौँ महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

केशव रोकाया एमपिए तेस्रो सेमेस्टरका विद्यार्थी दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका थिए। यसबारे क्याम्पस प्रशासनले दिएको उजुरीको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा नियन्त्रणमा लिइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिइसकेको र हाल अनुसन्धान भइरहेको प्रहरीले बुधबार जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस