रौतहट प्रहरीले लागु औषध ओसारपसारमा संलग्न ई-रिक्सा चालक पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
रौतहट प्रहरीले लागु औषध ओसारपसारमा संलग्न  ई-रिक्सा चालक पक्राउ 

रौतहट,११ असार। सीमावर्ती भारतीय बजारबाट लागु औषध खरिद गरी ई-रिक्सामा लुकाएर नेपाल ल्याउँदै गरेका चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शङ्का लागि जाँच गर्दा लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक चन्द्रपुर नगरपालिका–४ निवासी २७ वर्षीय अजय बिकलाई नियन्त्रणमा लिएको हो।

उक्त नम्बरको ई–रिक्सा चलाएर आएका बिकको साथबाट फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस र कोरेक्स ६३ पिस लागु औषध बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दीपक कुमार रायले बुधवार बिहान जानकारी दिए ।  

बिकलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी थप अनुसन्धान जारी रहेको उनले बताए । पक्राउ गरिएको स्थान बी.पी. चौक जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ। 

ताजा अपडेट

खोजी गर्नुहोस