काभ्रेमा बस दुर्घटना हुँदा ८ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
काभ्रेमा बस दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौं,११ असार। काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

अरनि राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ । प्रहरीका अनुसार काठमाडौंबाट मेलम्ची तर्फ जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार थिए ।

बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सामान्य उपचारपछि सबै घाइतेहरूको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस