पर्सामा तीन क्विन्टल चरेससहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १२, बिहिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
पर्सामा तीन क्विन्टल चरेससहित एक जना पक्राउ

वीरगञ्ज,१२ असार। पर्सामा तीन क्विन्टल चरेससहित एक जना पक्राउ परेका छन्। बुधबार राति साढे ७ बजेतिर वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकबाट तीन क्विन्टल १७ किलो ५०० ग्राम चरेस बरामद गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको टोलीले प्रदेश २-०३-००१ ख ६३४८ नं.को ट्रकलाई शंका लागि जाँज गर्ने क्रममा चरेस फेला परेको थियो।

त्यस्तै धुलो चरेस तीन किलो बरामद भएको थियो। प्रहरीले चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको हो। उनीबाट प्रहरीले एक लाख १२ हजार नगद पनि बरामद गरेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस