विदेश पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १२, बिहिबार (८ महिना अघि)
  • ४ पटक पढिएको
विदेश पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौं,१२ असार। वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु. ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

दोलखा बैतेश्वर गाउँपालिका– ३ की ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका– ४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

‘पक्राउ परेकामध्ये नवीनाले युके पठाइदिने भन्दै दुईजनाबाट रु. ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीनजनाबाट रु. ६ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो,’ उनले भने।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस