सप्तरीमा ३२ वर्षीय एक युवकको घाँटी रेटेर हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (८ महिना अघि)
  • ४ पटक पढिएको
सप्तरीमा ३२ वर्षीय एक युवकको घाँटी रेटेर हत्या

सप्तरी,१३ असार। सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा ३२ वर्षीय युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ। जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का राजकुमार खंगको शव बिहीबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनास्थलमा पुग्दा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

हत्या रहस्यमय बनेसँगै अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयवासीले अपराधीलाई चाँडै पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस