रुखमा झुण्डिएको अवस्थामा एक युवतीको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १६, सोमबार (८ महिना अघि)
  • १४ पटक पढिएको
रुखमा झुण्डिएको अवस्थामा एक युवतीको शव फेला

सर्लाही,१६ असार। सर्लाही जिल्लाको मलंगवा नगरपालिकास्थित गम्हरिया गाउँ नजिकै एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

करिब १९ देखि २० वर्ष उमेरकी देखिने ती युवतीको शव गम्हरिया गाउँको उत्तरतर्फ, चमेली माई स्थान पुग्नुअघि पर्ने पुलको पूर्वतर्फको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाका अनुसार बिहानै स्थानियहरुले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीको टोलि पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । उनको साथमा कुनै पनि परिचय खुल्ने कागजात फेला परेको छैन भने स्थानीय कसैले समेत उनलाई चिनेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस