
रौतहट,१६ असार। रौतहटमा श्रीमतिको हत्या गरेको अभियोगमा फरार श्रीमान ३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
तीन वर्षदेखि फरार रहँदै आएका एक युवक आफ्नै श्रीमतिको हत्या अभियोगमा पक्राउ परेका छन्। रौतहटको ईशनाथ नगरपालिका–७ निवासी फैयाद मिया मन्सुरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उनले २०७८ साल माघ २६ गते आफ्नी २० वर्षीया श्रीमती चॉदनी खातुनको सलले घाँटी कसी हत्या गरेका थिए। हत्या पश्चात् शवलाई ईशनाथ नगरपालिका–४ मठियास्थित एक गहुँ खेतमा फालिएको अवस्थामा फेला पारिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार रायका अनुसार हत्या लगत्तै फरार रहेका मन्सुरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमै मन्सुरीको संलग्नता पुष्टि भए पनि उनी फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रहरीले जनाएका छन।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन।
