महिलाको अश्लील भिडियो बनाउने थापा काठमाडौंबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १६, सोमबार (८ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

काठमाडौं,१६ असार। महिलाहरूको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको आरोपमा २९ वर्षीय रमेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका थापालाई पक्राउ गरेको जनाएको छ ।

असार १३ गते साँझ ५ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

थापाले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला र पुरुषहरूलाई रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउने र त्यसपछि महिलाहरूका अश्लील फोटो तथा भिडियो बनाएर बिक्री वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार अश्लील किताब, पर्चा आदि बनाउन वा बिक्री गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार विज्ञप्ति जारी गरेर जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस