विद्यालय जाँदै गरेका बालकमाथि चितुवाको आक्रमण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १६, सोमबार (८ महिना अघि)
  • ५ पटक पढिएको
विद्यालय जाँदै गरेका बालकमाथि चितुवाको आक्रमण

रामेछाप,१६ असार। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित खैरेनीपुल नजिकै विद्यालय जाँदै गरेका एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको छ।

घाइते हुनेमा स्थानीय बुद्धवीर माझीका छोरा ११ वर्षीय अमृत माझी रहेका छन्। आइतबार बिहान घरबाट विद्यालय जान हिँडेका अमृतलाई खैरेनीपुल नजिकै पुग्दा चितुवाले आक्रमण गरेको हो। आक्रमणवाट उनको टाउको, निधार र आँखामा चोट लागेको छ।

बाटोमा हिँड्दै गर्दा अचानक जंगलबाट उफ्रेर बालकमाथि चितुवाले आक्रमण गरेको थियो। उनीभन्दा पछाडी हिँड्दै गरेका केही व्यक्तीले देखेपछि चितुवा लखेटेका थिए।

घाइते बालकलाई आइतबार नै उनका बुबा बुद्धवीरले उपचारको लागि काभ्रेको भकुण्डेवेसी अस्पतालतर्फ लगेको इलाका प्रहरी कार्यालय चोप्राङ्गले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस