बारामा १७ वर्षीय किशोरको कुटपिटबाट मृत्यु, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १६, सोमबार (८ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

बारा,१६ असार। बारा जिल्लाको नितनपुरस्थित एक तेल तथा आटा उद्योगमा १७ वर्षीय किशोरको कुटपिटबाट मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा तनाव उत्पन्न गराएको छ।

शनिवार राति पर्सा जिल्लाको पोखरिया नगरपालिका–१ निवासी गोपी बैठामाथि सामान्य विवादपछि कुटपिट भएको र त्यसकै कारण मृत्यु भएको मृतकका भाई कृष्णकुमार बैठाले बताएका छन्। कुटपिट गर्नेहरू नितनपुरस्थित बजरंगवली आयल इन्डस्ट्री चक्की फ्रेश आटा मिलमा कार्यरत भारतीय मजदुर तथा मुंशी रहेको उनी बताउँछन्।

घटनापछि ईलाका प्रहरी कार्यालय सिमराले अनुसन्धानका लागि मुंशी दिनेश सिंहसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। तर, मुंशी सिंह र एक जना ड्राइभरलाई सामान्य सोधपुछपछि छाडिएको जानकारी प्राप्त भएको छ। अर्का एक भारतीय मजदुर तेजपाल राठौरलाई भने हिरासतमा राखिएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। मृतकका परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यस घटनाले बालश्रम, सुरक्षा, र उद्योगमा कार्यरत मजदुरबीचको सम्बन्धमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस