कञ्चनपुरमा जिपको ठक्करबाट ४१ वर्षीय पुरुषको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १८, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
कञ्चनपुरमा जिपको ठक्करबाट ४१ वर्षीय पुरुषको मृत्यु

कञ्चनपुर ,१८ असार। वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिंदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएका उहाँको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस